मुक्तक
तिमी विना बाँच्ने , सहर नैलो थियो
पीडा लुकाइ हाँस्ने, रहर नैलो थियो !१!
एकै पटक उफ्रिएर गगन चुम्न खोजेँ,
त्यसैले चोट खाने, प्रहर नौलो थियो!२!
पीडा लुकाइ हाँस्ने, रहर नैलो थियो !१!
एकै पटक उफ्रिएर गगन चुम्न खोजेँ,
त्यसैले चोट खाने, प्रहर नौलो थियो!२!
@ केवल भण्डारी
पोखरा नेपाल
______________________________________________________________
** सुकेको आशा **
आफ्नो मान्छे रिसाउदा दिल दुखेकै हुन्छ,
बर्सिन्थे भेल परेलिमा माया लुकेकै हुन्छ !!
लाग्दो हो जितेर गइ उ अनि हारेको म ,
गल्ती गर्दा हरकोहि थोरै चुकेकै हुन्छ !!
सिउदोमा सिन्दुरको अर्थ नबुझ्ने तिमी,
बिच बाटोमा कसैले देख्दा थुकेकै हुन्छ !!
मरभुमिमा फूल उमार्छु भन्नू भूल भयो,
जति हालेपनी पानी पात सुकेकै हुन्छ !!
@ केवल भण्डारी
पोखरा नेपाल
______________________________________________________________
** जरुरी थिएन **
सम्बन्धको गहिराई नाप्न जरुरी थिएन,
म जल्दै मा आगो ताप्न जरुरी थिएन !१!
आँसु सुकेर जन्मेको हो नुनिलो मरभुमी,
मायाको थोरै भिक थाप्न जरुरी थिएन !२!
ढुंङ्गामा दक्षिणा चडाएको हुँ सपना बेचेर,
दैवले सुनेन लाग्यो अलाप्न जरुरी थिएन !३!
सपनाहरू दैनिक बलि चड्दैछन शहरमा,
यसैमा पीडा निम्ति सराप्न जरुरी थिएन !४!
नजर पुगेकै ठाउँमा फुल्छन तिम्रा तस्बिर,
अचेल लाग्छ आँखामा छाप्न जरुरी थिएन !५!
@ केवल भण्डारी
पोखरा नेपाल
______________________________________________________________
** समय **
बोझ धान्न सक्ने, छाती भएनन्
निराशाहरु चिर्ने, साथि भएनन् !१!
सपनाहरु बेवारिसे भएकाछन,
आँसु सहि ठाउँमा, लगानी भएनन् !२!
अतितमा आँसु तैरियो रंग छुटिए,
तैपनी आँसु कहिल्यै, पानी भएनन् !३!
उन्ले सबैलाई कोखमा बोकेकी हुन,
आमा बोक्ने सन्तान, बाँकी भएनन् !४!
कतै एक्लोपन र भारी बिसाउनु छ,
साथ दिन्छु भन्ने आज, राजी भएनन् !५!
चोट खाएको प्रमाण म आफौं हुँ,
देख्ने समयहरु, सांची भएनन् !६!
©केवल भण्डारी
पोखरा, नेपाल
Comments
Post a Comment
Express your opinion